साउदी अरेबिया ब्यापी खुल्ला भलिबल प्रतियोगिता सम्पन्न
पि एन एन विषेश सम्बाददाता
नव बर्ष२०६३ सालको पावन अवसर पारेर नवलपरासी प्रवासी सर्म्पर्क मञ्च२००३ दमामले यहि अप्रिल १३, २००६ का दिन साउदी अरबको अल खोवर तामिमी क्याम्पमा अति भब्यताका साथ साउदी अरेविया व्यपि खुल्ला भलिवल प्रतियोगिता सम्पन्न ग-यो ।
साउदी अरेबियाका बिभिन्न ठाउँका खेल प्रेमी खेलाडीहरुको उल्लेखनिय उपस्थिति रहेको उक्त खेलमा २६ टिमको उपस्थिति थियो । डा. युद्ध बहादुर क्षेत्री प्रमुख अतिथी रहनु भएको थियो भने अतिथीहरुमा साउदी अरबमा स्थापित विभिन्न संघ संस्थ्ााहरुका पदाधिकारीहरु विशिष्ट व्यक्तिहरु, समाजसेवी आदी हुनुहुन्थ्यो । कार्यक्रमको सभापतित्व नवल परासी प्रवासी मञ्चका कार्यबाह अध्यक्ष ज्यूले गर्नु भएको थियो । कार्यक्रमको निदेशक तथा सम्योजकमा लुम्विनी प्रवासी सर्म्पर्क मञ्चका अध्यक्ष कृष्ण प्रसाद र्समा शुवेदी हुनुहुन्थ्यो ।
खेल बेलुका ७ बजे देखि सुरु भनिएता पनि टाढा टाढाबाट आउने खेलाडीहरु केहि ढिलो उपस्थिति हुनु भएको कारण खेल रातको १० बजे तिरबाट मात्र सञ्चालन गरिएको थियो । खेल मैदानमा दर्शकहरुको अतिनै भिड थियो । खेल अति रोचक र रोमाञ्चक तरिकाले सञ्चालन भईरहेको थियो । रातको १ बजे सम्म पनि दर्शकहरु आ-आफ्नो टिमको हुटिङ्ग दिदै अति रमाइलोका साथ खेल हेरिरहनु भएको थियो ।

जब रात छिप्पिदै गयो तब त्यहाँ एउटा समस्या खडा भयो । खेल अति प्रतिस्प्रधात्मक रुपमा भईरहेको थियो अचानक खेल मैदानमा बक्ति निभ्यो । सबै के भयो भनेर एकैक्षण कोलाहल मच्चियो केहि क्षण पछि एक जना नेपालीले उक्त कम्पनीको गार्डलाई नसाको तालमा गालि गर्दै हातपात गर्दा उक्त गार्डले बक्ति निभाईदिएको भन्ने पत्ता लाग्यो १ जनाको लापरबाहिले गर्दा त्यहाँ उपस्थित हजारौंैको संख्यामा खेल प्रेमी दर्शकरु तितर बितर भए । सबै आ-आफ्नो गन्तब्य स्थ्ाान तिर लागे । जब नयाँ बिहानीको साथमा मिरमिरे उज्यालो भयो फेरी खेल मैदान दर्शक र खेलाडीले भरिन थाल्यो । राती रोकिएको खेल बिहान ४ बजे देखि सञ्चालनमा आयो । करिब २ खेल खेलीसकेपछि फेरी त्यहाँ अर्को समस्या खडा भयो । बाहिर भएका खेलाडीहरुलाई भित्र प्रवेश गर्न दिईएन भित्र भएका खेलाडी तथा दर्शकहरुलाई बाहिर गएपछि फेरी पस्न दिईएन । तर पनि तत्काल त्यहाँबाट अर्को स्थानमा खेल मैदान सार्नु पर्ने स्थिति आयो ।
तत्काल आयोजकले त्याहांबाट खेललाई अर्कैठाउमा सारिएको घोषणा गरियो । त्यति बेला सम्म पहिलो राउण्डको खेल पनि सकिएको थिएन । करिब ३ घण्टाको ग्याप पछि खेल अजीजीया भन्ने ठाउंमा सञ्चालन भयो । साउदी अरबको बढ्दो प्रचण्ड गर्मि र बलौटे हावाको कुनै प्रवाह नगरी त्यहाँ पनि उतिकै सख्यामा दर्शक तथा खेलाडीहरुको उपस्थिति रहेको थियो । त्यहाँ दर्शकलाई बस्नको लागि सुविधा थिएन । सबै जसो दर्शकहरु नजिकै गाडी पार्क गरेर गाडी भित्रबाट खेल हेरिरहेका थिए । खेल अति रोचक र रोमाञ्चक तरिकाले अगाडी बढि रहेको थियो । नवलपरासी प्रवासी सर्म्पर्क मञ्च र नेपाली भोजनालय दमामको टिमको खेल अतिनै रोचक भएको थियो । अन्तमा आयोजक टिमसँग नेपाली भोजनालय टिमले हार र्सर्ुइकार्नु प-यो ।
२६ टिमलाई पछार्दै अन्तमा ४ टिम बाँकी रहे । रेसरुङ्गा गुल्मी टिम, लाङघाली ए, रियादबाट आएका टिम रसम्रानी टिम । खेलाडीहरुको अनुरोध अनि आयोजकको निर्ण्र्ााअनुसार पहिलो र दोश्रोको लागि लाङघाली ए टिम र रेसरुङ्गा गुल्मीको टिम एक आपसमा भिड्नको लागि तयार भए । तर बत्तिको अभावले खेल पुन केहि समय रो कियो । बेलुकाको करिव ६ बजीसकेको थियो । रियादका खेलाडीहरु जाने तरखरमा हुनुहुन्थ्यो आयोजक समिती र खेलाडीहरुको सल्ल्ााह अनुसार दुबै टिमलाई तेश्रो घोषणा गरियो र दर्ुइ सय दर्ुइ सय रियाल प्रदान गरीयो साथमा प्रमाण पत्र र कप पनि ।
संाझ झमक्क भएको हुनाले खेलमा केहि बाधा अड्चनहरु आए । तर पनि खेलाडीहरु र खेलप्रेमी साथीहरुले खेललाई साथ थिइ नै राखे । फाईनल खेलमा अति हुटिङ् भएको थियो । अतिनै प्रतिस्प्रधाका साथ अन्तमा प्रथम् रेसरुङ्ा गुल्मीले ने हात पार्न सफल भयो । भने लाङघाली ए ले दोश्रो स्थानमा चित्त बुझाउनु परयो ।
सबै भन्दा उत्तकृष्ट खेलाडीलाई पनि पुरस्कारको ब्यवस्ता गरिएको थियो । रेप्रिmहरुको, जर्जहरुको निर्ण्र्ााे नवलपरासी प्रवासी मञ्चबाट खेलेका यम श्रेष्ठलाई उत्कृष्ठ खेलाडी घोषणा गरियो । उत्तकृष्ट खेलाडीलाई हिमालयन बैंक ठमेल काठमाण्डौले रु १० हजारको पुरस्कार राशी तोकिदिएको थियो ।
कार्यक्रमको अन्तमा नवल परासी प्रवासी मञ्चले समाज सेवी काजी राम श्रेष्ठ, र सागर श्रेष्ठ ज्यूूलाई दोसल्ल्ाा ओर्डाई नवल परासी प्रवासी मञ्चको सम्माननिय सदस्य घोषणा गरिएको थियेा ।
अन्य फोटाको लागि भित्र जानुहोस् (more…)
Where ever you are in the world. We will be with you.
Please, share your ups & downs with us. :-PNN
