:: देउवालाई विरोधमा कालो कार्पेट : : March : : 2006

March 27, 2006

देउवालाई विरोधमा कालो कार्पेट

पि.एन.एन सम्वाददाता लेखनाथ भण्डारी वासिङ्गटन डि.सी अमेरिका
अमेरिका आइपुगेका पर्ूव प्रधानमन्त्री देउवाले नेपाली समुदायमा दोहोरो विरोधको सामना गर्नुपरेको छ । उहाँलाई एकातिर राजावादी र सरकारका प्रतिनिधिहरुले वर्तमान सरकार तथा राजाको विरोधी भएको जनाउँदै उहाँका कार्यक्रमहरुलाई बहिस्कार गर्दै आएका छन् ।
देउवा आउनुभन्दा पर्ूव निर्धारित कोलम्विया युनिभर्सिटी न्युयोर्कको कार्यक्रममा कार्यपत्र प्रस्तोताका रुपमा निश्चित गरिनुभएका संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि मधुरमण घिमिरेले कार्यक्रमको अन्त्यमा आएर आयोजकहरुले देउवालाई निम्त्याएपछि कार्यक्रम बहिस्कार गर्नुभयो ।
त्यस्तै अमेरिकाका लागि नेपाली राजदूत केदारभक्त श्रेष्ठले पनि डीसी क्षेत्रमा आयोजित नेपाली समुदायको कार्यक्रममा आफू सहभागी हुनर्ुपर्छ भन्ने त्रासले देउवा आउनु अघिल्लो दिन नै डीसी छाड्नुपर्ने हल्ला प्रचार गरेर मेक्सिको जानुपर्ने छ भनी कार्यक्रममा उपस्थिति नहुने कुरा जानकारी गराउनुभएका थिए । स्मरणरहोस् राजदूत श्रेष्ठ २० महिना पहिले देउवाकै नेतृत्वमा रहेको सरकारको सिफारिसमा नियुक्ति भएर अमेरिका आएका हुन् ।
यसैबीच अमेरिका नेपाल सोसाइटी वासिंङटन डीसीको आयोजनामा सम्पन्न कार्यक्रममा पनि देउवाले लोकतान्त्रिक पक्षधर नेपाली समुदायकै विरोधको सामना गर्नुपर्यो । कार्यक्रमको समापनपछि पर्ूव प्रधानमन्त्री देउवा हल बाहिर निस्कने क्रममा देउवाको क्रियाकलाप लोकतन्त्र विरोधी देखिदै आएको जनाउँदै एक समुहले उहाँ कार्यक्रमहलबाट निस्कदा निस्कँदै उहाँ हिड्ने बाटोमा दश मिटर लामो कालो कपडा विछ्याएर आफ्नो विरोध प्रकट गरेका थिए ।
कार्यक्रम शुरु हुनु पहिले नै देउवाको विरोधमा कालो झण्डा, प्लेकार्ड र देउवा दरवारतर्फलम्किरहेको कार्टर्ुुपर््रदशन गर्ने तयारीमा रहेका लोकतन्त्र पक्षधरहरुले कार्यक्रम आयोजकहरुको त्यस्तो विरोध नगिरिदिनका लागि गरिएको अनुरोधमा आफ्नो विरोधलाई सामान्यीकरण गर्दै कार्यक्रमपश्चात् उक्त रुपमा प्रस्तुत भएका थिए ।

Comments »

The URI to TrackBack this entry is: http://prabasinepali.blogsome.com/2006/03/27/dubya/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter