:: नाकाबन्दी फिर्ता, आमहड्ताललाई माओवादीको र्समर्थन : : March : : 2006

March 20, 2006

नाकाबन्दी फिर्ता, आमहड्ताललाई माओवादीको र्समर्थन

Filed under: Press statement:

प्रेस-वक्तव्य
१. देशमा लोकतन्त्र, शान्ति र अग्रगमनको निम्ति नेकपा -माओवादी) र सात राजनीतिक दलहरूबीच गत मंसीर ७ गते सम्पन्न ऐतिहासिक १२-वु“दे समझदारीप्रति दृढ प्रतिवद्धता व्यक्त गर्दै त्यसलाई अझ ठोस र विकसित गर्दै लैजान तथा सामन्ती राजतन्त्र विरोधी संयुक्त आन्दोलनलाई तीव्रता दिन यही चैत्र ६ गते जारी दोश्रो समझदारीको विशिष्ठ राजनीतिक महत्व रहेको र्सवविदितै छ । यी दुवै समझदारीबाट अघि वढ्दै देशमा निरंकुश राजतन्त्रविरोधी साझा नारा, साझा मोर्चा र साझा कार्यक्रम तय गरेर देशव्यापी लोकतान्त्रिक आन्दोलनको आ“धीवेहरी सिर्जना गर्न र निर्ःशर्त संविधानसभाको निर्वाचन मार्फ् लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कार्यभार पूरा गर्नर् हामी सवै लोकतान्त्रिक राजनीतिक शक्तिहरूलाई पुनः जोडदार आग्रह गर्दछौं ।
२. हाल देशमा चलिरहेको निरंकुश शाही सत्ता विरोधी आन्दोलनका सवै धारहरूलाई एकीकृत र केन्द्रीकृत गरेर शाही सत्तामाथि निर्ण्ाायक प्रहार गर्नु आजको ऐतिहासिक आवश्यकता हो । त्यही आवश्यकतालाई मध्यनजर गर्दै ने.क.पा.-माओवादी) र सात राजनीतिक दलहरूवीच समझदारी र सहमति भए वमोजिम सात दलद्वारा घोषित यही चैत्र २४ देखि २७ गते सम्मको देशव्यापी आम हड्ताल, असहयोग आन्दोलन र तथा काठमाडौंकेन्द्रित वृहद् जनपर््रदर्शनहरूलाई हामी पर्ूण्ा रुपले सहयोग र र्समर्थन गर्ने घोषणा गर्दछौं । २०४६ सालको जनआन्दोलनमा राजतन्त्रविरोधी जनव्रि्रोहको उत्कर्षो दिन चैत्र २४ गते र वहुदलीय व्यवस्था घोषणा गरिएको चैत्र २६ गतेका ऐतिहासिक दिनहरूलाई संयोजन गरेर राखिएको यो संयुक्त जनआन्दोलनको कार्यक्रमको विशिष्ठ ऐतिहासिक महत्व रहेको स्वतः स्पष्ट छ । त्यसैले यी संर्घष्ाका कार्यक्रमहरूमा सक्रिय रुपले सहभागी वनेर र हरतरहले साथ दिएर सहयोग गर्न हामी सम्पर्ूण्ा देशभक्त तथा लोकतान्त्रिक राजनीतिक शक्तिहरू, जनवर्गीय संगठनहरू, जातीय तथा क्षेत्रीय मोर्चाहरू, पेशागत संगठनहरू, संचारकर्मीहरू, नागरिक समाज र आम जनसमुदायमा हार्दिक अपील गर्दछौं ।
३. उपरोक्त देशव्यापी आम हड्ताल, असहयोग आन्दोलन र जनपर््रदर्शनको कार्यक्रमको तयारीलाई ध्यान दिंदै तथा सात राजनीतिक दलहरू, नागरिक समाज, विविध पेशागत संगठनहरू र आम जनसमुदायको आग्रहको समेत उच्च कदर गर्दै हाम्रो तर्फाट चैत्र १ गते देखि जारी नाकावन्दी र चक्काजामको कार्यक्रम यही चैत्र ७ गतेदेखि लागू हुने गरी फिर्ता लिएको तथा हाम्रो तर्फाट घोषित अन्य सवै संर्घष्ाका कार्यक्रमहरू पनि फिर्ता लिने निर्ण्र्ााभएको र्सार्वजनिक जानकारी गराउ“दछौं । भविष्यमा आवश्यकता अनुसार हाम्रो तर्फाट थप संर्घष्ाका कार्यक्रमहरू घोषणा हुन सक्ने जानकारी गराउ“दै अहिलेसम्मको नाकावन्दी र चक्काजाम कार्यक्रम पर्ूण्ा रुपले सफल पारेर शाही सत्तामाथि चोटिलो प्रहार गर्न योगदान गर्नुहुने सवैलाई हामी हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दछौं ।
-बाबुराम भट्टर्राई) -प्रचण्ड)
संयोजक अध्यक्ष
वृहद राष्ट्रिय राजनीतिक सम्मेलन आयोजक समिति ने.क.पा. -माओवादी)
संयुक्त क्रान्तिकारी जनपरिषद् , नेपाल तथा सर्वोच्च कमाण्डर, जनमुक्ति सेना नेपाल
२०६२ चैत्र ६

Comments »

The URI to TrackBack this entry is: http://prabasinepali.blogsome.com/2006/03/20/press/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter