:: प्रेस विज्ञप्ती : : March : : 2006

March 11, 2006

प्रेस विज्ञप्ती

Filed under: Press statement:

रेडियो अन्नपर्ूण्ा ९३.४ पोखरा

प्रेस विज्ञप्ती

विद्युत आपर्ूर्ति बन्द भएको बेला -लोक सेडिङ्ग) जेनेरेटरबाट प्रसारण भईरहेको समयमा हिजो राती -२०६२ फाल्गूण २३ गते) १०.०० बजे जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी जवान जोगेन्द्र गाहाको नेतृत्वमा आएको ३ जनाको प्रहरी समूहले माथिको आदेश भन्दै जेनेरेटर बन्द गर्राई जेनेरेटरबाट लाइन पास हुने कनेक्सन लाईन -विद्युत तार) समेत चुडायो । जसले गर्दा हिजो राती १०.०० बजे पछिका सम्पर्ूण्ा नियमित प्रसारण अबरुद्ध हुन गई रेडियो बन्द रह्यो ।
यस एफ.एम. का सुरक्षा गार्ड र प्राविधीक मात्र भएको बेला सो अवस्थामा केही अन्यौलता र सन्नाटा छाएको थियो । सुरक्षा गार्ड मुक्ति बाँस्तोलाका अनुसार, प्रहरीहरु १० बजे तिर आए र जेनेरेटरको स्वीच अफ गर्न अह्राए तर गार्डले प्रसारण प्रमुखसँग सोध्नु पर्ने कारण देखाएपछि प्रहरी आफैले बलजफ्ती स्वीच अफ गरी छतमाथि चढी कनेक्सन लाइन काटेका थिए । प्रहरीले सुरक्षा गार्डलाई त्यस अघि काट् भनेपछि काट् भनेर हप्कीदप्की समेत गरेका थिए । सुरक्षा गार्डले किन यसो गरेको भनी प्रतिवाद गर्दा माथिको आदेश छ त्यसैले आदेश अनुसार काटेको ठाडो जवाफ उनीहरुले दिएका थिए । सोही टोलीले फिस्टेल हस्पिटलको समेत लाइन काटेको थियो, जबकि सो हस्पिटलमा एयकत इउभचबतष्खभ ध्बचम मा बिरामीहरु राखिएको पटक पटक बताइएको थियो ।
पहिले पहिले पनि हामीले लोडसेडिङ्ग हुँदा जेनेरेटरबाट प्रसारण कार्यलाई निरन्तरता दिदै आएको र हिजो पनि राती ९ बजेदेखि ११ बजेसम्म लोडसेडिङ्ग परेको थियो ।
यस एफ.एम. मा भएको यस प्रकारको घटनालाई हामी असोभनिय र अप्रिय ठानी भर्त्सना गर्दछौं । यस घटनाको उचित छानबिन गरी दोषी उपर कारवाही गर्न पनि रेडियो अन्नपर्ूण्ा ९३.४ मेगाहर्ज माग गर्दछ ।
पश्चिमाञ्चल क्षेत्रको जनताको सूचना, शिक्षा र स्वस्थ मनोरञ्जनको संवाहक स्वतन्त्र रेडियोको रुपमा कार्यरत यस एफ.एम. माथिको यो ज्यादति जुनसुकै बहाना र कारणमा गएकिो भनिए पनि यसलाई हामीले स्वतन्त्र रेडियो माथिको ठाडो आक्रमणको रुपमा लिएका छौं । साथै आइन्दा यस्ता हरकतहरु कुनै पनि स्वतन्त्र संचार माध्यम र र्सार्वजनिक चासोका संस्थाहरुमा नदोहोर्‍याउन पनि हामी सम्बन्धित संस्थालाई सचेत गराउन चाहन्छौं ।
जनताको अधिकारको पक्षमा सदैव सचेत यस एफ.एम. माथि अप्रत्यासित रुपमा यो निन्दनिय घटनाप्रति चासो देखाई ऐक्यबद्धता जनाउने सम्पर्ूण्ा संस्था, संचार माध्यम र शुभचिन्तक प्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं । आगामी दिनमा पनि कुनै पनि संचार माध्यम माथि हुने यस प्रकारको आक्रमणका विरुद्ध एकजुट भई जनताको सूचना प्राप्तिको अधिकारमा एकबद्ध भई अगाडि बढ्न पनि हामी यस घडीमा आह्वान गर्दछौं ।

विश्व शंकर पालिखे
कार्यकारी अध्यक्ष
रेडियो अन्नपर्ूण्ा ९३.४
पोखरा ।

Comments »

The URI to TrackBack this entry is: http://prabasinepali.blogsome.com/2006/03/11/12s/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter