पे्स विज्ञप्ति
नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाल
केन्द्रिय समिति
पे्स विज्ञप्ति
हाम्रो गौरवशालि मोर्चा नेवाः राष्ट्रिय मूक्ति मोर्चा नेपालले गत भाद्र १ गते राष्ट्रियता, जनतन्त्र, जनजिबिका र जातिय सम्वन्धि ३९ शूत्रिय मागपत्र प्रस्तुत गरिएको कुरा र्सवविधितै छ । तर हाम्रा जायज मागहरुलाई पुरानो सत्ताले कुनै सुनुवाइ गरेन, त्यसपछि पुनः हाम्रो मोर्चाले माघ १५ गते सम्मको अल्टिमेटम सहित माग पत्र परिमार्जन गरेर पुरानो सत्तालाई प्रस्तुत गर्ने काम भएको पनि सबैलाई अवगतै छ । हालसम्म पनि हाम्रा मागहरु माथि कुनै सुनुवाई भएको छ्रैन । अझ निरंकूश सामन्ति बाहुनवादि सत्ताले जनता माथि निरंकुशता लाद्दै जाने, अन्याय र अत्यचार थोर्पदै जाने र जनताको शान्ति, स्वाधिनता र लोकतान्त्रिक गणतन्त्रको चाहनालाई कुठराघात गर्दै अमेरिकी साम्राज्यवादको आडमा अन्तहिन यूद्ध थोपर्ने धृष्ठता गर्दै आएको छ । त्यतिले नपुगि पेट्रोलियम पर्दार्थको मूल्य अचाक्ली बढाएर, लोडसेडिङ गरेर, ज्ञाने शाहिले गरीब जनताको रगत चुस्ने काम गरेको छ । हाम्रो नेवाः मोर्चा सबैखाले जनघाति र राष्ट्रघाति क्रियाकलापलाई तुरुन्त रोक्न निरंकुश राजतन्त्रलाई कडा चेतावनिका साथ हाम्रा मागहरुलाई पूरा गराउन उच्च दबाब दिन २०४६ सालको जनआन्दोलनलाई उत्कर्षा पुर्याउन र्सर्घषको आ“धिको सुरुवात भएको दिन चैत्र १६, सो दिनलाई संझना सहित यहि चैत १६ गते काठमाडौं उपत्यका बन्दको घोषणा गर्दछ ।
उक्तदिन यातायात, उद्योग, व्यवसाय, ब्यापार शिक्षण संस्था, कार्यालयहरु, बन्द गरेर उपत्यका बन्दलाई सफल पार्दै जनब्रि्रोहको तयारीमा सहभागि हुन नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपाल सबै राजनीतिक पार्टी, संघ, संस्थाहरुर्,कर्मचारी, व्यापारी, महिला, बुद्धिजिवि, मजदूर, किसान, बिद्यार्थी, शिक्षक, प्राध्यापक, पत्रकार लगाएत सम्पूण् जनसमुुदायमा हार्दिक अनुरोध गर्दछ ।
मितिः २०६२ फाल्गुन २७ गते
-पवन श्रेष्ठ)
अध्यक्ष
नेवाः, राष्ट्रिय मूक्ति मोर्चा, नेपाल

Where ever you are in the world. We will be with you.
Please, share your ups & downs with us. :-PNN
