:: एनआरएन जापानको प्रथम सम्मेलन मेमा हुने : : February : : 2006

February 28, 2006

एनआरएन जापानको प्रथम सम्मेलन मेमा हुने

एनआरएन जापानको प्रथम सम्मेलन आगामी मे ६ र ७ हुने भएको छ।
एनआरएन जापानका अध्यक्ष राजन प्रधानाँगको अध्यक्षतामा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । एनआरएन जापानले एक विज्ञप्ति प्रकाशन गरी मे महिनामा सम्पन्न हुने सम्मेलनमा जापान-नेपाल सम्बन्ध, सूचना प्रविधि, पर्यटन र व्यापार, नलेज ट्रान्सफर, द्धन्द्ध समाधान, जापानका नेपाली संघ संस्थाबीच सहयोग आदानप्रदान आदि कार्यशालाहरु सम्पन्न हुने जनाइएको छ । उक्त कार्यशालाहरुमा नेपाली तथा जापानी विज्ञहरुले आफ्ना कार्यपत्रहरु प्रस्तुत गर्ने छन् । त्यस्तै गरी एनआरएन राष्ट्रिय समन्वय समितिका विभिन्न पदाधिकारीहरुले समेत उक्त सम्मेलनमा भाग लिने विज्ञप्तिमा उल्लेख छ । उक्त सम्मेलनमा एनआरएन जापानको साधारणसभा तथा नयाँ कार्य समितिको चयनसमेत गर्नेछ ।
एनआरएन जापानको यस प्रथम सम्मेलनमा नेपालकी ख्यात्रि्राप्त गायिका आनी छोयाँग डोल्माको विशेष साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने छ भने स्थानीय कलाकारहरुको पनि उक्त साँस्कृतिक कार्यक्रममा आफ्नो कला प्रस्तुत गर्ने विज्ञप्तिमा जनाइएको छ । त्यसैगरी सम्मेलनमा एनआरएनको सँचार तथा प्रकाशन समितिले “सोभिनियर” नामक पत्रिका पनि प्रकाशन गर्नेछ । २००३ मा एनआरएनको स्थापनासँगै २००४ फेब्रुअरीमा एनआरएन जापान शाखाको स्थापान भएको हो । तत्पश्चात् विभिन्न गतिविधिहरुमा अग्रसर रहँदै आएको यस संस्थाले यस सम्मेलनमा जापानबासी नेपालीहरुलाई भाग लिन विशेष अनुरोध गरेको छ । एफएन न्युजसँग कुरा गर्दै एनआरएन जापानका महासचिव डा. कुमार बस्नेतले आसन्न सम्मेलनले विशेष महत्व बोकेको बताउनुभयो । उहाँले अहिले विश्वका नेपालीहरुले एनआरएन जापानको गतिविधिहरुलाई अति अभिरुचिपूर्वक हेरिरहेको बताउँदै सम्मलेनले जापानबासी नेपालीहरुलाई एक ठाउँमा ल्याइ विभिन्न विषयहरुमा विचार विमर्श गराउँने जानकारी दिनुभयो । एनअरएन प्रथम सम्मेलन सम्बन्धी जानकारी उक्त संस्थाको होमपेज www.nrnjapan.org मा समेत हेर्न सकिने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो

Comments »

The URI to TrackBack this entry is: http://prabasinepali.blogsome.com/2006/02/28/022/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter