:: दिल्लीमा नेपालीहरुको लोकतान्त्रीक आन्दोलन : : February : : 2006

February 13, 2006

दिल्लीमा नेपालीहरुको लोकतान्त्रीक आन्दोलन

निरंकुश राजतन्त्र अन्त्यको माग राख्दै भारतमा रहेका हजारौं नेपालीले आइतबार यहाँ प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले लोकतन्त्रको आन्दोलनमा निरन्तर लाग्न दलहरूलाई आग्रह गर्दै त्यसमा सहयोगको प्रतिबद्धता जनाए । रामलीला मैदानमा भएको प्रदर्शनमा भारतका विभिन्न २२ राज्यका डेढ सय सहरमा रहेका करिब ३० हजार नेपाली सहभागी थिए ।
‘हामी यहाँ स्वदेशका प्रजातन्त्र पक्षधर शक्तिहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन आएका हौं,’ अखिल भारतीय नेपाली जनअधिकार समितिद्वारा आयोजित प्रदर्शनका सहभागी अनिल विकले भने । हाल कोलकातामा बस्ने रुकुम सानीचौरका विकले द्वन्द्वका कारण घर छाड्न बाध्य भएको दुखेसो पोख्दै लोकतन्त्रले मात्र आफूहरूजस्ता विस्थापितको पीडा समाप्त पार्ने बताए ।
‘हामी नयाँ लोकतान्त्रिक नेपाल चाहन्छौं,’ समिति अध्यक्ष लक्ष्मण पन्तले भने । सात दलका तर्फबाट सहभागी एमालेका छविलाल विश्वकर्माले निरंकुश युग समाप्त पार्न दल-माओवादीबीच अझ सकारात्मक गठबन्धनको आवश्यकता औंल्याएका थिए ।
प्रदर्शनमा अखिल क्रान्तिकारी अध्यक्ष लेखनाथ न्यौपाने, अखिल नेपाल महिला संघ -क्रान्तिकारी) अध्यक्ष जयापुरी घर्ती, वामपन्थी बुद्धिजीवि हरि रोक्का, निर्वासित कांग्रेस नेताहरू बालकृष्ण पाण्डे र शैलेश आचार्यलगायत सहभागी थिए । प्रदर्शनमा समर्थन जनाउन भारतीय कम्युनिस्ट पार्टी -माक्र्सवादी) का नेता सीताराम येचुरी र अन्य वामपन्थी नेताहरू पनि आएका थिए । नक्सलवादी कवि गदारले प्रगतिशील गीत गाएका थिए । प्रदर्शनमा निरंकुश राजतन्त्रविरुद्ध नारा लगाइएको थियो ।

Comments »

The URI to TrackBack this entry is: http://prabasinepali.blogsome.com/2006/02/13/016/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter