: : February : : 2006

February 28, 2006

एनआरएन जापानको प्रथम सम्मेलन मेमा हुने

एनआरएन जापानको प्रथम सम्मेलन आगामी मे ६ र ७ हुने भएको छ।
एनआरएन जापानका अध्यक्ष राजन प्रधानाँगको अध्यक्षतामा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । एनआरएन जापानले एक विज्ञप्ति प्रकाशन गरी मे महिनामा सम्पन्न हुने सम्मेलनमा जापान-नेपाल सम्बन्ध, सूचना प्रविधि, पर्यटन र व्यापार, नलेज ट्रान्सफर, द्धन्द्ध समाधान, जापानका नेपाली संघ संस्थाबीच सहयोग आदानप्रदान आदि कार्यशालाहरु सम्पन्न हुने जनाइएको छ । उक्त कार्यशालाहरुमा नेपाली तथा जापानी विज्ञहरुले आफ्ना कार्यपत्रहरु प्रस्तुत गर्ने छन् । त्यस्तै गरी एनआरएन राष्ट्रिय समन्वय समितिका विभिन्न पदाधिकारीहरुले समेत उक्त सम्मेलनमा भाग लिने विज्ञप्तिमा उल्लेख छ । उक्त सम्मेलनमा एनआरएन जापानको साधारणसभा तथा नयाँ कार्य समितिको चयनसमेत गर्नेछ ।
एनआरएन जापानको यस प्रथम सम्मेलनमा नेपालकी ख्यात्रि्राप्त गायिका आनी छोयाँग डोल्माको विशेष साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने छ भने स्थानीय कलाकारहरुको पनि उक्त साँस्कृतिक कार्यक्रममा आफ्नो कला प्रस्तुत गर्ने विज्ञप्तिमा जनाइएको छ । त्यसैगरी सम्मेलनमा एनआरएनको सँचार तथा प्रकाशन समितिले “सोभिनियर” नामक पत्रिका पनि प्रकाशन गर्नेछ । २००३ मा एनआरएनको स्थापनासँगै २००४ फेब्रुअरीमा एनआरएन जापान शाखाको स्थापान भएको हो । तत्पश्चात् विभिन्न गतिविधिहरुमा अग्रसर रहँदै आएको यस संस्थाले यस सम्मेलनमा जापानबासी नेपालीहरुलाई भाग लिन विशेष अनुरोध गरेको छ । एफएन न्युजसँग कुरा गर्दै एनआरएन जापानका महासचिव डा. कुमार बस्नेतले आसन्न सम्मेलनले विशेष महत्व बोकेको बताउनुभयो । उहाँले अहिले विश्वका नेपालीहरुले एनआरएन जापानको गतिविधिहरुलाई अति अभिरुचिपूर्वक हेरिरहेको बताउँदै सम्मलेनले जापानबासी नेपालीहरुलाई एक ठाउँमा ल्याइ विभिन्न विषयहरुमा विचार विमर्श गराउँने जानकारी दिनुभयो । एनअरएन प्रथम सम्मेलन सम्बन्धी जानकारी उक्त संस्थाको होमपेज www.nrnjapan.org मा समेत हेर्न सकिने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो

मलेसियामा एक नेपालीको हत्या

अछामको बरदादेवी गाविसको वयलपाटाका पूर्ण साउदको मलेसियाको क्वालालम्पुरमा हत्या गरिएको छ ।
जनता क्याम्पस वयलपाटाको स्ववियू सभापति समेत भइसकेका साउदको दुइ साता अघि अज्ञात समूहले हत्या गरी नजिकैको पोखरीमा मृत अवस्थामा फेला परेको मृतकका आफन्त कमानसिंह साउदले बताउनुभयो । दुइ वर्षघि काठमाडौंको नयाँ बानेश्वरस्थित इलाम इन्टरनेशनल म्यानपावरबाट मलेसियामा मजदुरीका लागि गएका थिए । मृतक साउद राजधानी क्वालालमपुरस्थित रेष्टोराम एसविआरजे कम्पनीमा काम गर्दै आएका र उनीसँगै रहेका अन्य तीन जना साथीले उनलाई नजिकैको पोखरीमा मृत अवस्थामा फेला पारिएको मृतकका आफन्त कमानसिंह साउदले बताउनुभयो । शवलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइए पनि सम्बन्धित मेनपावर र मलेसियन सरकारले क्षतीपूर्ती नदिएको कारण परिवारजनले उनको शव बुझेका छैनन । साउदलाई वैदेशिक रोजगारीमा पठाउने इलाम इन्टरनेशनल मेनपावरका गोपालप्रसाद नेपालले मृतकको परिवारलाई क्षतीपूर्ती दिने विमा वापतको रकम उपलब्ध गराउने आश्वाशन मात्र दिएको तर अझैसम्म एक सुको उपलब्ध नगराइएकाले शव नबुझेको मृतकका साथी कालीबहादुर बुढाले जानकारी गराउनुभयो ।
श्रोत स्वतन्त्र नेपाल

February 22, 2006

एमाले महासचिवलाई थप दुइ महिने पुर्जी

काठमाडौ २० फेब्रुअरी २००६ । एक महिनादेखि घरमै बन्दी बनाइनु भएका एमाले महासचिव माधवकुमार नेपाललाई स्थानीय प्रशासनले सोमबार पुनः दुइ महिने स्थान हदको पुर्जी थमाएको छ । एक महिने स्थान हदको म्याद आइतबार सकिएको थियो । स्थानीय प्रशासनले शान्ति सुरक्षामा खलल पुग्ने भन्दै थप दुइ महिने पुर्जी दिएको हो । आन्दोलनरत सात दलका शिर्ष नेतालाई सरकारले गएको माघ ७ गते घरमै नजरबन्द गरेको थियो । नजरबन्दबाट काग्रेस सभापति गिरिजाप्रसाद कोइराला, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे, एमाले नेता केपी ओलीलगायत नेताहरु मुक्त भैसक्नुभएको छ । नेपाललाई मात्र बन्दी बनाउनुलाई आश्चर्यका रुपमा हेरिएको छ । नेपाललाई सोमबार सवा बाह्र बजे स्थान हदको पुर्जी थमाइएको एमाले नेता प्रदीप नेपालले बताउनुभयो । बन्दी नेपाललाई सोमबारनै दाँतको उपचारका लागि नयाँ बजारको पिपल्स डेन्टल अस्पतालमा लगिएको थियो । सोही समयमा नेपालसँग भेट गर्न जानुभएका प्रजातान्त्रिक कांग्रेस सभापति देउवा नभेटी फर्कनु भएको थियो ।

नेपाल मानव अधिकार सम्वन्धमा अमेरिकामा प्रवचन

फेब्रवरी २० संयुक्त राज्य अमेरिका
इन्टरनेशनल स्टुडेन्ट एशोसिएसन, बाल्टीमोर, युएस्ए ले नेपालमा मानव अधिकारको अवस्था एवं अन्तर्रर्ााट्रय समुदायको भूमिका विषयक अधिवक्ता दिनेश त्रिपाठीको एकल प्रवचन गोष्ठीको आयोजना गरेको छ । उक्त गोष्ठीमा विद्यार्थी, प्राध्यापनक, अनुसन्धानकर्ता, मानव अधिकार कार्यकर्ता एवं पत्रकारहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो ।
उक्त प्रवचन कार्यक्रममा संवोधनको क्रममा अधिवक्ता दिनेश त्रिपाठीले भन्नु भयो । नेपाल मानव अधिारको संकट निरन्त्रर बढ्दै गइरहेको छ । राज्य पक्षद्धारा निरन्तर राष्ट्रिय एवं अन्तर्रर्ााट्रय मानव अधिकार एवं अन्तर्रर्ााट्रय मानवीय कानूनको खुल्ला एवं ब्यापकता उल्लंघन भइरहेको छ । राज्य निरन्तर स्वेच्छाचारी एवं दमनकारी हुँदै गएको छ । संविधान एवं कानूनको खुल्ला रुपमा धज्जी उर्डाईएको छ । ठुलो संख्यामा मानिसहरु विस्थापित हुदैछन् । राजनीतिक दलहरुलाई संविधान वमोजिमको भूमिका निर्वाह गर्न दिईएको छैन । संविधानको अक्षर एवं भावना विपरीत राजाद्धारा आफैलाई मन्त्री परिषदको अध्यक्ष घोषित गरिएको छ । मुलुकमा ब्यापक दमनतन्त्र एवं व्यापक गिरफ्तारीको क्रमलाई निरन्तरता प्रदान गरिएको छ । अदालती आदेशको ब्यापक उल्लंघन गरिएको छ । संचार माध्ययममाथी आक्रमण जारी छ । प्रेशलाई दमन गर्न मानव अधिकारको आधारभूत अवधारणा बिपरीत नयाँ अध्यादेश ल्याईएको छ । सूचनाको प्रवाहलाई कुंठीत पारिएको छ । सामुदायिक रेडियोको रुपमा रहेको एफ. एम हरुलाई सुचना वा खवर प्रसारित गर्नमा रोक लगाईएको छ । आधा रातमा एफ.एम स्टेशनहरुमा राज्यद्धारा आक्रमण गरिएको छ । मुलुकमा राज्य आंतकं एवं हिंसा बढ्दै गइरुहेको छ । माओवादीहरुद्धारा पनि मानविय कानूनको व्यापक उल्लघन गर्ने कार्य भइरहेको छ । माओवादीहरु प्नि आफुलाई जिम्मेवार राजनीतिक शक्तिकारुपमा प्रस्तुत गर्न सकिरहेका छैनन् । उनीहरुद्धारा पनि निर्दोष मानिसहरुको हत्या वन्द गरिनु पर्छन ।
(more…)

जनयुद्धको वर्षा“ठ युरोपमा

नेकपा -माओवादीको नेतृत्वमा संचालित महान् जनयुद्धले दश वर्षपुरा गरि एघार वर्षप्रवेश गरेको अवसरमा युरोपका विभिन्न ठाउंमा वर्षा“ठ मनाएको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार जर्मनीको फ्रयाङ्गर्फटमा यही फेव्रवरी १२ मा विश्व जनप्रतिरोध आन्दोलन, युरोपको आयोजनामा भएको युरोप यात्राको क्रममै विदेशीहरु तथा नेपालीहरुले जनयुद्धको वर्षा“ठ मनाएको उक्त कार्यक्रममा ८० जना भन्दा बढीको उपस्थिति थियो ।
यसैगरी फेव्रवरी १३ गते बर्लिनमा दर्जनौको सहभागिता रहेको दर्ुइवटा भिन्दाभिन्दै र्‍याली आयोजना गरि अन्यत्र भन्दा बेग्लै शैलीमा वर्षा“ठ मनाइयो । जनयुद्ध जिन्दावाद, शहिदहरु लामसलाम, नेपालमाथिको साम्राज्यवादी हस्तक्षेप बन्द गर जस्ता नाराहरु लेखिएका प्लेकार्डहरु बोकी अमेरिकी दुतावास अघि पनि र्‍याली प्ुगेको थियो । बर्लिनको एलेक्जेण्डर प्लाजबाट शुरु भई मुख्य ठाउंहरुमा परिक्रमा गरि र्‍यालीको समापन गरिएको थियो ।
उता फ्रान्सको स्ट्रासर्ेवर्गमा पनि एक कार्यक्रमको आयोजना गरि जनयुद्धको दशौं वर्षा“ठ भव्यतापर्ूवक मनाएकाछन् । नेपाल कम्यूनिष्ट पार्टर्ीीमाओवादी)ले दशौं वर्षा“ठको अवसर पारि निकालेको आकर्ष पोष्टरले सजाइएको हलमा भएको उक्त कार्यक्रममा ५० जना भन्दा बढीको उपस्थिति थियो ।

विश्व जनप्रतिरोध आन्दोलनको युरोपमा ‘नेपाल टुर’ सम्पन्न

जर्मनी, फेव्रवरी १८
विश्व जनप्रतिरोध आन्दोलन, युरोपको आयोजना तथा अन्य विभिन्न संघ-संगठनहरुको सहभागितामा जनवरी २१ देखि जर्मनीको हार्म्वर्गबाट प्रारम्भ भएको युरोपमा नेपाल टुर फेव्रवरी १८ गते अष्ट्रियाको भियनामा पुगी सम्पन्न भएको छ । युरोपका विभिन्न १० वटा राष्ट्रका १५ वटा शहरहरुमा चर्चित भारतिय बुद्धिजीवि तथा पत्रकार आनन्दस्वरुप बर्माले नेपालमा जनक्रान्तिः नया“ विश्व संभव छ शिर्षमा आफ्नो मन्तव्य राख्नुभएको थियो ।

(more…)

February 19, 2006

समय संचेतना, आप्रवासी लेखन र सुवेदीको अंकुर उपन्यास

एच्बी भन्डारी ‘प्रभात’
योर्क, पेन्सिल्भेनिया

दोश्रो विश्वयुद्धको समाप्तिसगैं उत्तरआधुनिक युगको लेखनको प्रादर्ुभाव भएपछि लेखकका कलमहरु संसारका व्यवस्थाहरुमा रमाउन सिक्न लागे । टी.एस्. इलियट द वेष्टल्यान्डमा रोए जस्तो रुन छोडे । युद्धले क्षतविक्षत संसार एकातिर थियो भने अर्कोतिर मान्छेको रगतको खोलो बग्यो, त्यहाँ धर्म संस्कृति, मानवीयता संपर्ूण्ा एकैचोटी खरानी भयो । विस्तारै संसारले युद्धबाट पाठ सिक्न लायो । विचारको द्वन्द्व समाज परिवर्तन गर्ने नव दृष्टिका चेतना बीचमा द्वन्द्व, मानवीय मूल्य र मान्यताको स्थापनाको लागि अनेकन विचारहरुको मन्थनले आज सिङ्गो प्रजातान्त्रिक चरित्रको संसारको अभ्युदय शुरु भयो । तर्सथ यौटा युगिन पाठले सदैव समाज र संसारको अग्रगमनलाई निर्देश गरेको हुन्छ । एउटा पाठ समय र स्थानबाट मुक्त हुन कठिन पर्छ, वरु समय संचेतनालाई पक्रेर संपर्ूण्ा समाजलाई विचार उत्तेजक रुपमा प्रस्तुत गर्दै गतिशील कल्पनाको तरङ्गले चेतनाका विजारोपण गर्दछ । यस सर्न्दर्भमा २०४३ सालमा न्याउली उपन्यासको प्रकाशनसंगै आफ्नो औपन्यासिक यात्रा शुरु गरेर अहिलेसंम सात उपन्यासका र्सजक आप्रवासी लेखकका अग्रिणी उपन्यासकार सुवेदीको पछिल्लो उपन्यास ‘अंकुर’ भित्र प्रयुक्त समय संचेतना र आप्रवासी लेखनका केही पक्षलाई प्रस्तुत लेखमा समेट्न खोजिएको छ ।
नेपाली उपन्यासले परंपरागत रुपमा अंगाल्ने गरेका आधारशीलालाई भत्काउदै ‘अंकुर’ उपन्यासको थालनी उपन्यासको अन्त्यबाट भएको छ । कथानकको शुरुवात परिवर्तनको संवाहकको रुपमा उभिएको पात्र कैलाशभित्रको जगडिएर बसेका क्रान्तिकारी चेत संगै उसभित्रका पीडा र रोदनका घाउहरुले यो इतिहासलाई सच्याउने हाँक दिन्छ । भूतको इतिहास पढेर देखिने भविष्यका कोरा सपनाले एक्काइसौं शताब्दीले परिकल्पना गरेको संसारको लक्ष्य हासिल न हुने स्पष्ट विचारको शंखघोष गर्दै कैलाशले इतिहासलाई नयाँ ढंगले विवेचना गरिनुपर्ने आवश्यकतालाई उजागर गर्दछ । नवाहको धन पंडितहरुलाई मात्र बाँड्नुभन्दा पुस्तकालयमा लगानी गर्दा आउने नाफा समाजको परिवर्तनको कारक बन्छ भन्ने विचारको अंकुर उमार्न कैलाश परंपराको खिलाफमा खरो उत्रन्छ । सबैभन्दा ठूलो परिवर्तनको लागि आफूलाई परिवर्तन गर्ने प्रणका साथ उसको पहिलो आक्रमणको निशाना आफ्नो अगिल्लो पुस्ता हुन्छ । अगिल्लो पुस्ताको नेतृत्व लिइरहेका आफ्ना बाबुहरुको गलत र क्षणिक सोचाइ नै नेपाल र नेपालीको बाधक भएको संकेत गर्दै कैलाश बोल्छः
(more…)

February 13, 2006

दिल्लीमा नेपालीहरुको लोकतान्त्रीक आन्दोलन

निरंकुश राजतन्त्र अन्त्यको माग राख्दै भारतमा रहेका हजारौं नेपालीले आइतबार यहाँ प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले लोकतन्त्रको आन्दोलनमा निरन्तर लाग्न दलहरूलाई आग्रह गर्दै त्यसमा सहयोगको प्रतिबद्धता जनाए । रामलीला मैदानमा भएको प्रदर्शनमा भारतका विभिन्न २२ राज्यका डेढ सय सहरमा रहेका करिब ३० हजार नेपाली सहभागी थिए ।
‘हामी यहाँ स्वदेशका प्रजातन्त्र पक्षधर शक्तिहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन आएका हौं,’ अखिल भारतीय नेपाली जनअधिकार समितिद्वारा आयोजित प्रदर्शनका सहभागी अनिल विकले भने । हाल कोलकातामा बस्ने रुकुम सानीचौरका विकले द्वन्द्वका कारण घर छाड्न बाध्य भएको दुखेसो पोख्दै लोकतन्त्रले मात्र आफूहरूजस्ता विस्थापितको पीडा समाप्त पार्ने बताए ।
‘हामी नयाँ लोकतान्त्रिक नेपाल चाहन्छौं,’ समिति अध्यक्ष लक्ष्मण पन्तले भने । सात दलका तर्फबाट सहभागी एमालेका छविलाल विश्वकर्माले निरंकुश युग समाप्त पार्न दल-माओवादीबीच अझ सकारात्मक गठबन्धनको आवश्यकता औंल्याएका थिए ।
प्रदर्शनमा अखिल क्रान्तिकारी अध्यक्ष लेखनाथ न्यौपाने, अखिल नेपाल महिला संघ -क्रान्तिकारी) अध्यक्ष जयापुरी घर्ती, वामपन्थी बुद्धिजीवि हरि रोक्का, निर्वासित कांग्रेस नेताहरू बालकृष्ण पाण्डे र शैलेश आचार्यलगायत सहभागी थिए । प्रदर्शनमा समर्थन जनाउन भारतीय कम्युनिस्ट पार्टी -माक्र्सवादी) का नेता सीताराम येचुरी र अन्य वामपन्थी नेताहरू पनि आएका थिए । नक्सलवादी कवि गदारले प्रगतिशील गीत गाएका थिए । प्रदर्शनमा निरंकुश राजतन्त्रविरुद्ध नारा लगाइएको थियो ।

डेन्भरमा सरस्वती पूजा सम्पन्न

अनेसास कोलोराडो शाखाको आयोजनामा विं सं २०६२ सालको सरस्वती पूजा भव्य रुपमा सरस्वति वन्दना र कवि गोष्ठिका साथ मनाईयो ।
यही फेब्रुअरी ११, २००६ का दिन अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज, कोलोराडो शाखाको आयोजनामा वि.सं. २०६२ सालको सरस्वती पूजा भव्य रुपमा सरस्वति वन्दना र कवि गोष्ठिका साथ मनाइयो । हिन्दू धार्मिक संस्कृति अनुसार माघ शुक्ल पञ्चमीका दिन ज्ञान, बुद्धि र विद्याकी देवी सरस्वती माताको पूजा आराधाना गर्ने गरिन्छ,, यसै दिन ससाना वालवालिकाहरुलाई अक्षरारम्भ पनि गर्राईन्छ । कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय उपस्थितिका साथै करिव १० वटा हाइस्कलमा अध्ययनरत १५।२० जना ससाना नेपाली विद्यार्थीहरुको उत्साहका साथ उपस्थिति रहेको थियो । तिथि अनुसार एक साता अघि नै यो पर्व सकिए पनि सामुहिक रुपमा औपचारिकताका साथ डेन्भरमा आज मनाइएको हो । श्रीमति सुगन्धा अर्यालबाट संस्कृतका शुक्ति सहित वाचन गरिएको सरस्वति वन्दना तथा उपस्थित सबैले सरस्वति माताको तस्वीरमा पुष्प चढाए पछि कार्यक्रमको शुभारंभ गरिएको थियो ।
(more…)

साउदीका प्रवासी नेपालीहरुबाट एउटा पाठ….

सागर श्रेष्ठ
हित्य शब्द पनि बढो अजीवको छ । साहित्य एउटा श्रृजना हो जुन श्रृजना चाहे त्यो महल होस् या गाउँको झुपडी नै किन नहोस् । साहित्य दुःख, वेदना, पिडा, मायाँ बाट नै श्रृजना हुन्छ भन्दा फरक नपर्ला । नपत्याउने खोलाले बगाउछ भनेको वास्तवमा साच्चै रहेछ ।
हिजो गल्फ देशहरुमा आफ्नो श्रम बेच्न आएका नेपालीहरुलाई डोरी लाहुरे भनेर चिन्दथे । हेलाको दृष्टिले हर्ेदथे । तर आज त्यहि अनपढ, पाखे, डोरी लाहुरेहरुले श्रृष्टिका श्रृजना गरि दिएका छन् । नेपाल र नेपालीको शिरलाई उच्च राखेका छन् । हरेक समुदायमा नेपाल र नेपाली पहिचानलाई जीवन्त र दिगो राख्न सफल भएका छन् । नेपाली भाषा, साहित्य कला र संस्कृतिको संरक्षण र विकास गर्न सफल भएका छन् । साउदी अरेविया जस्तो बेग्लै परिवेश भएको देशमा आफ्नो शरिरलाई मृत्युको दाउमा फालेर नेपाल र नेपालीको लागि विभिन्न संघ संगठनहरु स्थापना गरि विभिन्न साहित्यिक तथा संस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्न सफल भएका छन् । २०६० सालमा अनेसास जस्तो गौरवमय संस्थाको अनेसास साउदी च्याप्टर स्थापना भए पश्च्यात यस मरुभूमिबाट दर्जनौ साहित्यिक कृतिहरु प्रकाशन भई सकेका छन् । मरुभूमिमा अवस्थित नेपालीहरुले मुटुनै छुने जति पढे पनि पढु पढु लाग्ने कृतिहरु प्रकाशन गरेर साहित्यिक फाँटमा एउटार् इट्टा थप्ने र अनेसासको गौरवलाई अझ उच्च राख्न सफल भएको छ । साउदी अरबमा सञ्चालन गरेका सास्कृतिक तथा साहित्यिक कार्यक्रमहरुको सि.डी हेरेर तथा साउदी अरेवियाबाट प्रकाशित कृतिहरु पढेर अन्य सुविधा सम्पन्न देशमा रहेका नेपालीहरले एउटा पाठ सिकेको महसुस गरेका छन् । सानु तलव भएता पनि यहाँ आएका नेपालीहरुले दिल ठुलो भएको प्रमाणित गरिसकेका छन् । १०० औ नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई आपत विपतबाट बचाउन सफल भएका छन् । साउदी अरबमा मात्र नभएर चाहे त्यो पर्ुव मेचि तथा पश्चीम महाकालीको किन नहोस् एक छाक खाना नखाएर भए पनि सहयोग गरी धेरैलाई नयाँ जीवन दिन सफल भएका छन् साउदीका प्रवासी नेपालीहरु ।
आज साउदीमा रहेका प्रवासी नेपालीहरुले देखाएको मानवियता, शान्ती, भाषा, साहित्य कला र संस्कृतिको सम्रक्षण र विकासका निम्ती चालेका पाइलाहरु प्रकाशित कृतिहरु आदी इत्यादीले गर्दा अन्य देशमा रहेका प्रवासी नेपालीहरुले साउदी अरेवियामा आफ्ना श्रम बेची रहेका नेपालीहरु बाट गरेका साहित्यिक तथा सास्कृतिक र सामाजिक कामहरुको उच्च मुल्याङ्कन गरी साउदीका प्रवासी नेपालीहरुबाट एउटा पाठ सिकेको महसुस गरेका छन् । हामी नेपालीहरु विश्वको जुनसुकै कुनामा पुगेको किन नहोऔ । नेपाली भाषा, साहित्य कला र संस्कृतिको सम्रक्षण र विकास अनि देशमा पुन शान्ती ल्याउनको लागि एक जुट हौं ।






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter